काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रको स्थायी समिति बैठक आइ्रतबार बिहानैदेखि जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेताहरुको कार्यविभाजनलगायतका विषयमा छलफल भइरहेको छ ।
एमाले माओवादी मिलेर बनेको नेकपा पूर्ववत् अवस्थामा फर्केसँगै माओवादीका विभिन्न जिल्लामा नेताहरुको कार्यविभाजन हुन बाँकी छ । त्यसैले आजैको बैठकले कार्यविभाजन टुंगो लगाउने भएको छ । त्यसका लागि स्थायी समितिलगत्तै केन्द्रीय कमिटी बैठक बस्नेछ । स्थायी समिति पेरिसडाँडा र केन्द्रीय कमिठी अनुपम फुडल्यान्ड बत्तीसपुतलीमा बस्ने छ ।




