काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थप हुने भएको छ । कोरोना संक्रमण दर नघटेकाले निषेधाज्ञा लम्ब्याइने भएको छ । सो विषयमा निर्णय गर्न आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।
यथास्थितिमै खुकुलो बनाए कोरोना महामारी अझ फैलिन सक्ने भन्दै चिकित्सकहरूले चेतावनी दिएकाले थप एक साता निषेधाज्ञा लम्ब्याउने तरायरी भइरहेको बताइएको छ ।
यातायात व्यवसायीहरुले भने असार २१ गतेपछि जोरबिजोर प्रणाली हटाउन माग गर्दै सञ्चालन गर्न दबाब दिँदै आएका छन् । तर, सो बिषयमा प्रशासनले कुनै निर्णय गर्न सकेको छैन । तथापी यसअघि भन्दा निषेधाज्ञा केही खुकुलो बनाउनेबारे छफफल भइरहेको बताइएको छ ।
यसअघिको प्रशासनको निर्णयमा खाद्यान्न तथा तरकारीका पसलहरु पूर्णरुपमा सञ्चालनका साथै २५ सिटमाथिका सवारीसाधन जोरबिजोर प्रणालीमार्फत सञ्चालन अनुमति दिइएको थियो । तर, लामो दूरी र थोरै सिट भएका सार्वजनिक यातायातका साधन पनि चल्न पाउनुपर्ने उनीहरूको माग छ ।




