काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज कारोबारको अन्तिम साता बिहिबार सामान्य अंकको गिरावट आएको छ ।बुधबार १३.५६ अंकले घटेर दुई हजार नौ सय ४६ दशमलब ५८ विन्दुमा थामिएको थियो ।
आज नेप्से १।८० अंकले घटेर दुई हजार नौ सय ४४ दशमलब ७८ विन्दुमा थामिएको छ । त्यस्तै, आज बिहिबार १६ अर्ब १० करोड ४ लाख बराबरको कारोबार भएको छ । जबकि हिजो कारोबार झण्डै १७ अर्ब बराबर भएको थियो । आज कारोबार भएका समूहमध्ये सात वटा समूह बाहेक अन्य समूह बढेका छन् भने १२ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।
सामान्य अंकले घटेको बजारमा शेयरमूल्य बृद्धि हुने कम्पनीहरुमा पाँचथर पावर कम्पनी, शिवश्री हाइड्रोपावर, ङादी ग्रुप पावर, माउन्टेन इनर्जी, रिडी हाइड्रोपावर, बरुण हाइड्रोपावर, सिइडिबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, जाशी हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, पोखरा फाइनान्स र अपी पावर कम्पनी रहेका छन् ।
त्यस्तै, आज बोटलर्स नेपाल र रु रु जलविद्युत परियोजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । त्यसैगरि कारोबारको आधारमा आज सबैभन्दा बढी हाइड्रोइलोक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी भएको छ ।




