काठमाडाैं । काठमाडौमा १ सय विद्युतीय वस सञ्चालन गरिने सरकारले आगामी वर्षको लागि पूर्वाधार क्षेत्रको लागि १ खर्ब ६३ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । पूर्व पश्चिम राजमार्ग विस्तार, मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग जस्ता पूर्वाधारमा यो रकम खर्च गरिनेछ ।
त्यस्तै, ३ सय पुल निर्माण गरिनेछ । पुल निर्माणमा मात्र ११ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ । राष्ट्रिय राजमार्ग प्राधिकरण निर्माण गर्न विज्ञ टोली गठन गरिनेछ । त्यस्तै, आगामी वर्षभित्रमा काठमाडौ उपत्यकामा १ सय वटा विद्युतीय बस सञ्चालन गरिनेछ ।
रेल यातायातको लागि १० अर्ब ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । आगामी वर्ष रक्सौल काठमाडौ र केरुङ काठमाडौ रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन तयार गरिनेछ । यसअघि सरकारले नियन्त्रणमा लिएको यातायात समितिको अचल सम्पतिलाई कम्पनीमा परिणत भएपछि परिवर्तित कम्पनीलाई उपलब्ध गराउने भएको छ ।




