समाचार

नेपालको पछिल्लो राजनीतिक घटना आन्तरिक मामिला : भारत

काठमाडौँ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर भारतले मुख खोलेको छ । बुधबार भारतीय विदेश मन्त्रालयले आधिकारिक रूपमा नेपालबारे धारणा सार्वजनिक गरेको हो । जसमा या घटना नेपालको आन्तरिक मामिला भनेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विभिन्न सञ्चारमाध्यमबाट सोधिएको प्रश्नको उत्तर दिँदै नेपालको पछिल्लो घटनाक्रमलाई भारतले आन्तरिक मामिलाका रुपमा हेरेको बताएका हुन् ।

‘हामीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानपूर्वक हेरेका छौं । यसलाई हामी नेपालको आन्तरिक मामिलाका रुपमा नै लिन्छौँ,’ उनले भने ।

नेपालले अहिलेको समस्या आफै समाधान गर्नुपर्ने पनि भारतीय विदेश मन्त्रालयको भनाइ छ । ‘नेपालले पछिल्लो समस्या आफ्नै घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियामा रहेर समाधान गर्नुपर्छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।

नेपालको राजनीतिमा भारतीय हस्तक्षेप रहेको भन्ने धारणा विकास भएको समयमा भारतीय विदेश मन्त्रालयद्वारा स्पष्टीकरण आएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *