देश

नेपालमा कोरोनाबाट मृत्यु दर किन बढ्दैछ ? यसो भन्छन् विज्ञ

काठमाडौं । केही दिनयता नेपालमा कोरोनाबाट मृत्यु हुनेको दर नेपालमा बढेको छ । मंगबार अहिलेसम्मकै उच्च मृत्युदर देखियो । विगतमा २२५ जना संक्रमित हुन्थे, अहिले एकदिनमै मृत्यु हुन्छ ।

पछिल्ला केही दिनयता दैनिक सङ्क्रमित हुने व्यक्तिहरूको औसत सङ्ख्या आठ हजारभन्दा बढी हुने गरेको छ। स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने तथ्यांक हेर्दा परीक्षण गराएका मानिसहरूमा सङ्क्रमण दर निरन्तर उकालो लाग्ने क्रममा देखिन्छ। विगत १५ दिनमा एक लाख २३३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

यो अवधिमा कोभिडसँग सम्बन्धित कारणले थप ६८३ जनाको ज्यान गएको छ। १५ दिनयता दैनिक औसत मृतकको सङ्ख्या ४५ जना हुन जान्छ। वैशाख १३ गते कुल सङ्क्रमितको सङ्ख्या ३,०३,५६१ थियो भने वैशाख २७ गते ४,०३,७९४ पुगेको छ।

पछिल्लो समय नेपालमा कोरोनाभाइरस सङ्क्रमण व्यापक रूपमा फैलिरहेको तथ्याङ्कबाट देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोला बताउँछन्। ‘घरमा बसेका एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण भइरहेको छ, जसले गर्दा सङ्क्रमितहरू बढिरहेका छन्,’ उनले भने।

स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल १४ दिनसम्म मानिसहरूको शरीरमा भाइरस लोड नै रहने भएकोले अहिले सङ्क्रमणमा कमी नआएको बताउँछन्।

विगत १५ दिनकै कुरा गर्ने हो भने सङ्क्रमितहरू निको हुने दर घट्दो क्रममा देखिएको छ भने मृत्यु हुनेहरूको सङ्ख्या बढिरहेको पाइएको छ। पहिलाभन्दा अहिले देखिएको भेरिअन्ट धेरै घातक हुनु पनि मृतकको सङ्ख्या बढ्नुको एउटा कारण हुनसक्ने प्राध्यापक बुद्ध बस्न्यात बताउँछन्।

डा. बास्तोला कतिपय बिरामीले अस्पतालमा शय्या तथा अक्सिजन पाउन नसक्दा मृत्युसम्बन्धी पछिल्लो अवस्था देखिएको बताउँछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *