काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत लिने प्रश्ताव संसदबाट अस्वीकृत भएको छ ।
तत्काल संसदमा रहेको संख्याको बहुमत सदस्यको मत प्राप्त नभएका कारण प्रधानमन्त्री ओलीको प्रस्ताव अस्वीकृत भएको सभामुख अन्निप्रसाद सापकोटाले घोषणा गरे । प्रतिनिधिसभामा २३२ जना संसद उपस्थित थिए ।
प्रधानमन्त्रीले संसदमा नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम व्यवस्थापिका संसदमा राखेको प्रस्तावको पक्षमा ९३ मत खसेको छ । विश्वासको मतको विपक्षमा १२४ मत खसेको छ । विश्वासको मत दिन्न भन्नेमा १५ मत खसेको छ ।
व्यवस्थापिका संसदको अर्को बैठक बैशाख ३० गते बस्ने भएको छ ।




