देश

एमालेका सांसदलाई धमाधम कारबाही गर्दै जाँदा ओलीको कुर्सी नै असुरक्षित

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीका आफूविरोधी नेतालाई धमाधम कारबाही गर्दै गएका छन् । अहिलेसम्म उनले चारजना नेतालाई कारबाही गरेका छन् ।

ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका छन् । पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दा चारै नेताको सांसद पद पनि निलम्बन हुन्छ । तर, ओलीले बडो चतु¥याइँ गरी नेपाल, रावल, पाण्डे र भुसालको सांसद पद निलम्बनमा परेको पत्र संसद् सचिवालयमा बुझाएका छैनन् ।

एमाले संसदीय दलले निर्णय गरेर संसद् सचिवालयमा जानकारी नदिएसम्म उनीहरूको पद निलम्बन हुँदैन । तर, केही दिनभित्र ओलीले प्रतिनिधिसभामा विश्वासको मत देखाउनुपर्ने परिस्थिति निर्माण हुँदै गएको छ । यस्तो अवस्थामा पार्टीका सांसदसमेत रहेका नेताहरूलाई धमाधम कारबाही गर्दै जाँदा उनीहरूले ओलीलाई विश्वासको मत देखाउने बेला सहयोग गर्लान् भन्ने आशंका उब्जिएको छ ।

आफ्नो पद गए जाओस् तर विरोधीहरूलाई ठेगान लगाएर छाड्ने मनस्थितिमा ओली देखिएका छन् । त्यही भएर उनले सुरुमा चार नेतालाई कारबाही गरेका छन् । ओलीविरुद्ध १२ स्थायी कमिटी सदस्यले विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएका छन् । अब आठजना नेतालाई कहिले ओलीले स्पष्टीकरण सोध्ने हुन् ? त्यो भने केही दिन कुर्नुपर्ने हुन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *