समाचार

माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । बालुवाटार ललिता निवास जग्गा अपचलन प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराई पनि तानिने भएका छन् । नेपाल र भट्टराईविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनवाइ हुँदैछ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै दायर रिट आज न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयालको इजलासमा एक नम्बर पेसीमा चढेको छ। उनले एक वर्ष अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालयलगायतलाई विपक्षी बनाइ रिट दायर गरेका थिए। तर, पेसीमा चढेर पटकपटक सुनुवाइ स्थगित हुँदै आएको छ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्दा नेपाल र भट्टराई प्रधानमन्त्री थिए । मन्त्रिपरिषद्को निर्णय अख्तियारको दायरामा नआउने भएपछि दुवै पूर्वप्रधानमन्त्रीविरुद्ध मुद्दा चलाइएको थिएन। तर, राजनीतिक अस्थिरता बढेसँग प्रतिशोध साँध्न खोजिएको आशंका गरिएको छ । क्याबिनेटकै निर्णय भए पनि कांग्रेस उपसभापति पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । त्यसपछि उनको सांसद पद निलम्बनमा परेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *