काठमाडौं।कर्तव्य ज्यान मुद्दामा ४० वर्षदेखि भारतको कारागारमा थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिवार रिहा भएका छन । भारतको पश्चिम बंगालको दमदम करेक्सनल सेन्टरल जेलमा रहेका तिम्सिना उच्च अदालत कोलकताको बुधवारको आदेशपछि छुटेका हुन ।
शारीरिक र मानशिक रुपमा कमजोर तिम्सिनालाई उनका भाई प्रकाशचन्द्र तिम्सिना र कोलाकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई कारागारमुक्त गरिएको हो।
भारतमा ४० वर्ष बिनासुनुवाइ जेल परेका तिम्सिना आइतबार घर आइपुग्दै छन ।
मुद्धा किनारा नलागे पनि तिम्सिनाको मानसिक अवस्थालाई ध्यानमा राखेर अदालते रिहा गर्न आदेश दिएको हो । उनी छुटेपनि भारतको दार्जिलिङ वा कोलकाता उच्च अदालतलाई छ/छ महिनामा उनको बारेमा जानकारी गराउनु पर्ने सर्त अदालतले राखेको छ ।
दुर्गाप्रसादको रिहासंगै उनको परिवारमा खुसी छाएको छ । ८७ वर्षीया दुर्गाप्रसादकी आम धनमायाँको खुसीको सीमा छैन ।
तोरीको बेच्नका इलामको मङ्गलबारे हिँडेका तिम्सिना २०३७ सालदेखि घर फर्किएका थिएनन ।




