काठमाडौं । सर्वोच्च अदालतले नेकपा नाम ऋषिराम कट्टेललाई दिएको भोलिपल्टैदेखि देशव्यापी रूपमा नेकपाको साइन बोर्ड हटाएर नेकपा एमालेको राख्न थालिएको छ ।
प्रधानमन्त्री केपी ओली पक्षले देशव्यापी रूपमा एमालको साइन बोर्ड राख्न लागेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको नेतृत्वमा मोरङमा नेकपा एमालेको जिल्ला कार्यालय स्थापना गरिएको छ। सोमबार मन्त्री ढकालसहितका मोरङका नेता कार्यकर्ताले पार्टी कार्यालय स्थापना गर्दै नेकपा एमालेको बोर्ड राखेका हुन्।
बोर्डभन्दा माथि प्रधानमन्त्री ओलीको प्रतिमा राखिएको छ। मोरङस्थित् मदन स्मृति भवनमा एमालेको पार्टी कार्यालय स्थापना गरिएको हो।
नुवाकोटमा ओली पक्षका कार्यकर्ताले सोमबार पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेका छन्। तत्कालीन एमालेका नुवाकोट उपाध्यक्ष एवं बागमती प्रदेश सांसद बद्री मैनालीको नेतृत्वमा बोर्ड र चुनाव चिह्न सूर्य अंकित झन्डा राखिएको हो।




