रिबन

अधिवक्ता बद्रीबहादुर कार्कीले भने– श्रीमानहरु अलमलिनुपर्ने अवस्था छैन

काठमाडौं । एमिकस क्युरीका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रतिनिधिसभा विघटनपछि गम्भीर संवैधानिक संकट आएको उल्लेख गरेका छन् । उनले सर्वोच्च अदालतमा एमिकस क्युरीका तर्फबाट बहस गर्दै संविधान बनाउनेहरु नै सडकमा आएको बताए ।

संसद विघटनसम्बन्धी मुद्दाको मंगलबार एमिकस क्युरीको बहसमा अधिवक्ता कार्कीले संविधान बनाउने र कार्यान्वयन गर्नुपर्नेहरु नै सडकमा आएकाले सर्वोच्च अदालतले सुझबुझ भएर संविधानको व्याख्या गर्नुपर्ने सुझाव दिए ।

अधिवक्ता कार्कीले संविधान निर्माण गर्नेले नै संविधानमा संकट आयो भनेर सडकमा पुगेकाले श्रीमानहरुले अलमलिनु पर्ने अवस्था नरहेको उल्लेख गरे । ‘श्रीमानहरु अलमलिनुपर्ने अवस्थै छैन । जसले संविधान निर्माण गरेका थिए, जसले कार्यन्वयन गर्नुपर्ने हो, उनीहरु नै संविधान संकटमा पर्यो भन्दै सडकमा पुगेका छन्।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *