काठमाडौं । नेपाली कांग्रेसले सोमबार जिल्लास्तरीय विरोध सभा गरिरहेको छ । कांग्रेसका पदाधिकारीदेखि केन्द्रीय सदस्यले अहिले जिल्ला जिल्लामा आयोजना भइरहेको सभालाई सम्बोधन गरिरहेका छन् ।
यसैक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा रूपन्देहीको भैरहवामा सभामा सम्बोधन गर्दैछन् । सो सभामा हजारौं मानिस उपस्थित भएका छन् । एउटै जिल्लामा आयोजना गरिएको सभामा पनि दसौं हजार मानिस उपस्थित भएका छन् ।
यस्तै, युवा नेता गगन थापाले अहिले चितवनको भरतपुरस्थित चौबीसकोठीमा आयोजित सभालाई सम्बोधन गरिरहेका छन् । थापाको सम्बोधन सुन्न मानिसहरु भरतपुर ओइरिएका छन् ।
कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह सहभागी पोखराको आमसभा पनि भव्य देखिएको छ । मानिसहरू हजारौं सहभागी भएका छन् । काठमाडौंका बसन्तपुरमा पनि विरोध सभा सुरु भएको छ । सभालाई कांग्रेस पूर्वसहमहामन्त्री अजुर्ननरसिंह केसीले सम्बोधन गर्नेछन् ।




