अर्थ

गत वर्षभन्दा यस वर्ष नेपालमा चार अंकले भ्रष्टाचार बढ्यो

काठमाडौं । प्रधानमन्त्री केपी ओली आफ्नो शासनमा भ्रष्टाचार भएको देख्न र सुन्न चाहन्न भनेर भाषण दिइरहन्छन् । तर, यथार्थमा भने भ्रष्टाचार झन् झन् बढेको देखिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा चार अंकले भ्रष्टाचार बढेको पाइएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले यस वर्ष १८० देशमा गरेको (भ्रष्टाचार अवधारणा सूचकांक) सर्वेक्षणमा नेपाल भ्रष्टाचार हुने देशको ११७ औं नम्बरमा परेको उल्लेख गरेको छ । गत वर्ष नेपाल ११३औं स्थानमा थियो ।

ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले बिहीबार पत्रकार सम्मेलन गरेर डेनमार्क र न्युजील्याण्ड सवैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको जानकारी दिएको छ । सर्वेक्षणमा कुल सय अंकमा डेनमार्क र न्युजील्याण्डले कुल सयमा ८८ अंक प्राप्त गरेका छन् । नेपालले भने ३३ अंक मात्रै पाएको छ । ट्रान्सपरेन्सीको सर्वेक्षणअनुसार साउथ सुडान र सोमालिया सवैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा परेका छन् ।

सन् २०२० मा सबैभन्दा बलियो सुशासन भएको देशहरूमा डेनमार्क, न्यूजील्याण्ड, फिनल्याण्ड, सिंगापुर, स्वीडेन र स्वीजरल्याण्ड पर्दछन् । सय अंकमा डेनमार्क र न्यूजील्याण्डले समान ८८ अंक पाएका छन् । फिनल्याण्ड, सिंगापुर, स्वीडेन र स्वीजरल्याण्डको समान ८५ अंग छ । सन् २०१९ मा न्यूजील्याण्ड, डेनमार्क, फिनल्याण्ड, स्वीजरल्याण्ड, सिंगापुर, स्वीडेन, नर्वे, नेदरल्याण्डस्, लक्जेमबर्ग र जर्मनी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा थिए । गत वर्ष पाँचौ नम्बरमा रहेको सिंगापुर यो वर्ष चौथो नम्बरमा उक्लिएको छ ।

छिमेकी देश भारत गत वर्ष ८० औं स्थानमा रहेकोमा यो वर्ष ८६ स्थानमा खस्केको छ । चीन गत वर्ष भन्दा दुई स्थान सुधार गरी ७८ औं स्थानमा उक्लिएको छ । गत वर्ष चीन पनि ८० औं स्थानमा थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *