रिबन

ओली नेकपाको केन्द्रीय कमिटी बढेको बढ्यै, १५०१ पुगे केन्द्रीय सदस्य

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको आकार बढाएको बढाएकै छन् । पुस ७ गते ११९९ केन्द्रीय समिति विस्तार गरेका ओलीले फेरि तीन सय थपेर १५०१ सदस्यीय केन्द्रीय कमिटी बनाएका छन् ।

गत पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले विधानमा दोस्रो पटक संशोधन गरी केन्द्रीय कमिटीको संख्या बढाएको पार्टी केन्द्रीय कार्यालयका सचिव र्इश्वरी रिजालले जनाकारी दिए।
यही पुस २२ गते ओलीको एकल हस्ताक्षरमा सर्कुलर गरिएको अन्तरपार्टी निर्देशनमा १५०१ सदस्यीय केन्द्रीय कमिटी हुने उल्लेख छ।

केन्द्रीय कमिटीको तेस्रो बैठकले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को अन्तरिम विधान २०७५ मा दोस्रो र तेस्रो संशोधन गरेको छ। अन्तरपार्टी निर्देशनमा रिक्त पदाधिकारीमा मनोनयन गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *