रिबन

बालुवाटारमा संवैधानिक परिषद् बैठक, देउवा उपस्थित, सभामुख अनुपस्थित

काठमाडौं । संवैधानिक परिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
आजका लागि बोलाइएको परिषद् बैठकमा विपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भएका छन् । तर, सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएका छन् ।

बैठकमा प्रधानमन्त्री ओली, विपक्षी दलका नेता देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशरे जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मुख्य सचिव शंकरदास बैरागी सहभागी छन् ।

सभामुख सापकोटाले समन्वय नभएको, गृहकार्य नपुगेको र पूर्वतयारी पनि नभएको भन्दै नजाने निर्णय भएको बताइएको छ। परिषद्को बैठकबारे सभामुख लगायतका सदस्यहरुसँग छलफल पनि नगरि बैठक बोलाएकाले सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *