रिबन

शशांक कोइराला भन्छन्, हाम्रो परिवारबाट एकजना सभापतिको उम्मेदवार हुन्छ

काठमाडौं । नेपाली कँंग्रेसका महामन्त्री डा.शशांक कोइरालाले आफ्नो परिवारबाट एकजना मात्र सभापतिको उम्मेदवार हुने बताएका छन् । कांग्रेसले गरेको विरोध प्रदर्शनमा सहभागी हुन मोरङ पुगेका शशांकले कोइराला निवासमा सञ्चारकर्मीसामु भने, ‘महाधिवेशनअघि हामी तीनजना छलफल गरेर एकजना मात्र सभापतिमा उम्मेदवारी दिन्छौं । जो उम्मेदवार हुन्छ सरसल्लाहले हुन्छ। शेखर, सुजाता र म तीनजना बसेर छलफल गरेर सभापतिको एकजना उम्मेदवारको निर्णय गर्नेछौँ।’

कोइरालाले आफूलाई यसअघिको महाधिवेशनमा सभापति शेरबहादुर देउवाले भावी सभापति डाक्टर साब तपाईं हो भनेर आश्वासन दिएको स्मरण गरे। ‘तर त्यो कोर्स अब पुरानो भएको छ,’ उनको कथन थियो, ‘अहिलेको सिनारियो हेर्दा देउवाजी फेरि उम्मेदवार हुने देखिएको छ।’
उनले आगामी फागुनमा पार्टीको महाधिवेशन हुन नसक्ने स्पष्ट पार्दै आगामी जेठ अन्तिमदेखि असारको पहिलो हप्तामा महाधिवेशन हुने जानकारी दिए।

शशांकको यो घोषणासँगै अब कोइराला परिवारमा एकजना सभापतिको उम्मेदवार हुने तर को भन्ने ? महाधिवेशनकै समयसम्म कुर्नुपर्ने भएको छ । सुजाताभन्दा पनि डा.शेखर कोइराला र डा.शशांक कोइरालाले सभापति उठ्न निकै तयारी गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *