काठमाडौं । नेकपाको सचिवालय बैठक र मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतल निवास पुगेका छन् । नेकपाको सचिवालय बैठक दिउँसो १ बजे र मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमै २ बजेका लागि बोलाइएको छ ।
दुवै बैठक बस्नुअघि प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । मंगलबार राति साढे १० बजेतिर पनि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीसँग परामर्श गर्न शीतल निवास पुगेका थिए । ओली सचिवालय बैठक फेस गर्न मानिरहेका छैनन् । तर, स्रोतका अनुसार आजको सचिवालय बैठकमा ओलीले सुरुमा आफ्नो धारणा सार्वजनिक गर्ने बैठक छाडेर हिँड्ने मनस्थितिमा पुगेका छन् ।
प्रधानमन्त्री ओली बैठकमा सहभागी भएमा प्रचण्ड माधव नेपाल समूहलाई गम्भीर निर्णय लिन नैतिक संकट पर्ने विश्लेषण गरिएको छ । आजको सचिवालय बैठकले स्थायी कमिटी बोलाउने निर्णय गर्ने नेकपाका एक नेताले संकल्पखबरलाई जानकारी दिए । सोही स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद मात्र रोज्न ओलीलाई निर्देशन दिने निर्णय गर्ने ती नेताको भनाइ छ ।




