मुख्य समाचार

संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

काठमाडौं । नेपालमा मंगलबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २० जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १११६६ जनाको पीसीआर परीक्षण गर्दा ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्रै १४६८ जना संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१४२ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४११३४ रहेको छ । नेपालमा निको हुनेको दर ७८।६ प्रतिशत रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *