मुख्य समाचार

मन्त्रालयको कोरोना ब्रिफिङ अब आइतबार र बुधबार मात्र

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिदै आएको कोभिड–१९ प्रेस ब्रिफिङ भोलीबाट दैनिक नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब आइतबार र बुधबार मात्र कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए। कोभिड–१९ प्रेस ब्रिफिङ दशैंका लागि ५ दिनसम्म स्थगित गरिएको थियो । प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *