मुख्य समाचार

अर्थमन्त्री पौडेल र आपूर्तिमन्त्री भट्टलाई शितल निवासको चिया चमेना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निवास शितल निवासमा दुई मन्त्रीलाई बोलाएर भेटघाट गरेकीछिन् । छुट्टाछुट्टै ति मन्त्रीहरुलाई भेटिन अनि झण्डै दुई दुई कुराकानी गरेकी थिइन् । राष्ट्रपतिकै निम्तोमा शितल निवास नवनियुक्त अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु प्रसाद पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट गएका थिए ।

दुवै मन्त्री अहिले प्रधानमन्त्री ओली निकटका नेता हुन् । ओलीको सत्ताको रक्षाकवज बनेर बेला बेला उभिदिने गरेकी राष्ट्रपति भण्डारीले अर्थमन्त्री पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्टलाई नै महत्व दिएर किन बोलाइन् ? अहिले नेकपावृतमा चर्चा छ । राष्ट्रपति भण्डारीले अर्थमन्त्री पौडेललाई झण्डै डेढ घण्टा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्टलाई २ घण्टा शितल निवासमा भेट गरेकी थिइन् ।

भट्ट पूर्व माओवादी धारका भएपनि अहिले सत्तासिन दल नेकपाभित्र प्रधानमन्त्री ओली निकटका नेताका रुपमा मानिन्छन् । पार्टीभित्र नवनियुक्त मन्त्रीमण्डल पूर्नगठन, राजदुतहरु नियुक्ति र कर्णाली प्रदेशको मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता लगायतका कारण फेरि पनि पार्टी भित्र कलह देखा परेको छ । दशैपछि यो विवाद नेकपाभित्र फेरि वल्झिने देखा परेपछि राष्ट्रपति भण्डारी नेकपाभित्रको अन्तरकलहमा पनि चासो र चिन्ता देखाउदै आएकी छिन् ।

ओलीको अप्ठ्यारो र गाह्रो साह्रोमा उनले सहयोगीको भूमिका निर्वाह गर्दै आएकी छिन् । उनले सरकारका मन्त्रीहरुलाई बेलाबेला बोलाएर चासो लिने गर्छिन् । त्यही क्रममा अर्थमन्त्री पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई बोलाएर उनले छलफल गरेकी हुन् । अर्थमन्त्री पौडेलसँग उनले अर्थब्यवस्था, कोभिड पछिको अर्थतन्त्र र सरकारको अबको योजनामा केन्द्रीत रहेर कुराकानी गरेको शितल निवास स्रोतले बताएको छ ।त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्टसँग चाडवाड र कोभिडका कारण आपूर्ती ब्यवस्था के कस्तो अवस्था छ ? भन्ने विषयमा जानकारी लिएकी शितल निवास स्रोतले बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *