मुख्य समाचार

सर्लाही कांग्रेसले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी असहिष्णु

सर्लाही । महेन्द्र रामको मृत्यु प्रकरणको विषयमा सत्य तथ्य छानबिनको माग गर्दै नेपाली कांग्रेसले सर्लाही सदरमुकाम मलगंवामा गरिएको विरोध प्रदर्शनमा प्रहरी असहिष्णु देखियो । जसले गर्दा दर्जनौं व्यक्ति घाइते भएका छन् । सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामलाई असोज २१ गते एक समुहले कुटपिट गरी घाइते बनाएको थियो ।

गम्भीर घाइते महेन्द्रको इन्डो अस्पताल बिरगंजमा उपचारका क्रममा मृत्यु भएको थियो । दोषीलाई कारवाही, मृतकलाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्ति लगायतका माग गर्दै काग्रेसले विरोध प्रदर्शन गरेको हो । मृतक महेन्द्रको शव ६ दिनदेखि नारायणी अस्पतालमै राखिएको छ । माग पूरा नभएसम्म शव नउठाउने अडान परिवार र आफन्तले राखेका छन् ।

बिरोधका क्रममा प्रदर्शनकारीमाथि प्रहरीले दमन गरेको थियो । शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडपसमेत भएको छ । झडपमा झन्डै २२ जना घाइते भएका थिए । परिस्थितिलाइ नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रयोग गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *