मुख्य समाचार

खगोलशास्त्रको दुर्लभ क्षण आज देख्न पाइने

काठमाडौं । खगोलशास्त्रको दुर्लभ क्षण भोलि बुधबार बिहान २ बजे देख्न पाइने छ । मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिँदैछ । मंगलग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी ‘नासा’ले जनाएको हो । बुधबार बिहान १ मंगलग्रह, पृथ्वी र सूर्य एकसाथ समानान्तर हुनेछन् ।

खगोलशास्त्रमा दुर्लभ मानिएको यो क्षणलाई ‘अपोजिसन’ नाम दिइएको छ । त्यसक्रममा मंगल ग्रहले पृथ्वीको एक पक्षमा घाम छेक्ने छ । यस्तो क्षण नेपाली समय अनुसार राति १ बजेर ४५ मिनेटमा शुरु हुनेछ ।

बुधबार बिहान ५ बजेर ५ मिनेट जाँदा तीन ग्रह १ सय ८० डिग्रीको कोणमा आउने छन् । नासाका अनुसार प्रत्येक २६ महिनामा मंगलग्रह पृथ्वीबाट नजिक देखिने गरेको छ । अब सन् २०३५ मा मात्रै मंगलग्रह पृथ्वी नजिक पुग्ने नासाले जनाएको छ ।

यसअघि सन् २००३ मा मंगलग्रह पृथ्वीबाट ३४ दशमलव ८ मिलियन माइलको दूरीसम्म आइपुगेको थियो । मंगलग्रहका बारेमा विभिन्न मुलुकले अध्ययन जारी राखेका छन् । अहिले मंगलमा अमेरिका, चीन, र संयुक्त अरब इमिरेट्सका तीनवटा मिशन सक्रिय छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *