मुख्य समाचार

संक्रमित २५ हजार नाघे, चाडपर्वको मुखमा लकडाउन सम्भव छ ?

नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । आज ३ हजार ४३९ जना थपिएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना पुगेको हो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ । आज मात्र १५ जनाको मृत्यु भएको छ । मंगलबार ९ जनाको मृत्यु भएको थियो ।

सक्रिय संक्रमितको ग्राफ दैनिक बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपछि उपत्यकामा लकडाउन गर्न सिफारिस गर्ने बताएको थियो । मन्त्रालयले लकडाउन गर्ने सिफारिस गरे पनि चाडपर्वको मुखमा संक्रमणको जोखिम न्यूनिकरण गर्ने नाममा लकडाउन सम्भव देखिएको छैन ।

नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । आज ३ हजार ४३९ जना थपिएका छन् । मंगलबार १ हजार ५५१ जना थपिएका थिए । कोरोनाबाट देशभर निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । आज निको हुनेको संख्या १ हजार १२६ छ । मंगलबार निको हुनेको संख्या २ हजार ३४० थियो ।

आजको पिसिआर परीक्षण १४ हजार २०९ रहेको छ । काठमाडौं उपत्यकामा आज १ हजार ६८४ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार २९६ , भक्तपुरमा ९५ र ललितपुरमा २९३ जना थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै काठमाडौंमा २७ हजार ३०४, ललितपुरमा ३ हजार ६४४ र भक्तपुरमा २ हजार ८०१ संक्रमित पुगे । अब काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या ३३ हजार ७४९ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *