काठमाडौं । सत्तारुढ दल नेकपाभित्र बढेको किचलोमा मत्थर आएसँग प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा वादलबीच एक सातादेखि गोप्य छलफलमा जुटेका छन् ।
पार्टीभित्रका शक्तिशाली तीन समुह ओली, प्रचण्ड र माधव नेपाल समुह आ–आफना निकट नेताहरुसँग दिनहुँ छलफलमा हुने भएपनि चौथो गुट चलाउने वादल समूह भने त्यतिधेरै छलफलमा सहभागी हुदैन । तर प्रधानमन्त्री ओलीसँगको निकटता भने उनले कायम राख्दै एकसातादेखि गोप्य छलफलमा छन् ।
आन्तरिक विवाद चलिरहेका बेला गृहमन्त्री समेत रहेका सचिवालय वादलले ओलीलाई भित्री रुपमै साथ दिएका थिए । विवादकोबीचमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल भेटघाटका लागि बोलाए जाने तर सरकारकै गृहमन्त्रीमा रहदा सम्म ओली विरुद्धका आन्तरिक छलफलमा सहभागी नहुने भन्दै प्रचण्ड माधव नेपालले बोलाएको समुहगत छलफलमा सहभागिता जनाएका थिएनन । पार्टीभित्र प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव नेपाल दबै पक्षबाट महाधिवशेन सम्म छलफलका लागि स्थगित राखिएको जनताको बहुदलीय जनवाद (जबज) अब बहसमा लैजानुपर्ने र महाधिवशेनबाट समाजवादको यात्रासम्म पनि जबज लाई नै पार्टीको राजनीतिक कार्यदिशा बनाउनु पर्ने बताउन थालेपछि प्रचण्डले आफु निकट नेताहरुलाई छलफलका लागि बोलाएका बेला पनि वादल भने सहभागी थिएन । वादलले
आफ्नो समूहकी मूख्य नेता पम्फा भूषाललाई मन्त्री बनाउन जोड गरिरहेका छन् । प्रधानमन्त्रीसँग मन्त्रीहरुका आन्तरिक भेटघाट, छलफलहरु भईरहन्छन, यो स्वभाविक पनि हो, तर त्यसरी गुटगत रुपमै बसेको भन्ने होइन, ओली निकट एक मन्त्रीले भने । वादल अहिले दुई अध्यक्ष मिलेर जानुपर्ने पक्षमा देखिन्छन् । पार्टीको आन्तरिक विवादमा वादलले प्रधानमन्त्रीलाई साथ दिदै आएका थिए । उनी केपीको सरकारलाई हटाउन नहुने पक्षमा रहेका थिए ।




