मुख्य समाचार

अमेरिकी विमान सुटुक्क नेपाल आयो सुटुक्क फर्कियो

काठमाडौँ । नेपालमा अमेरिकी चार्टड विमान आएर सुटुक्क फर्केको छ । हल्लाखल्ला नगरी विमान किन आयो किन फर्कियो भन्ने सन्र्दभमा नेपालका सुरक्षा अधिकारीहरु पनि केही बोल्न चाहेका छैनन । स्रोतका अनुसार अवैधानिक रुपमा बसिरहेका सात जना नेपाली युवालाई अमरिकाले नेपाल फर्काउन लागी सो विमान नेपाल आएको हो ।

उनीहरुलाई अमेरिकाले विमान चार्टड गरेर बुधबार नेपाल ल्याएको हो । सात युवालाई बुधबार नेपाल ल्याइ पु¥याएको उक्त विमान एक दिनपछि बिहीबार मात्रै अमेरिका फर्केको थियो । अमेरिकाले अवैधानिक रुपमा बस्ने गरेकाहरुलाई यसरी नै बेला बखत सम्बन्धित देशमा फिर्ता पु¥याउने गरेको छ । यसपटक पनि सुटुक्क नेपाल ल्याएको हो । उनीहरु कुन ठाउँका हुन र अमेरिकामा कहिलेदेखि अवैधानिक रुपमा बसेका थिए भन्ने बारेमा केही बताइएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *