काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्न लागेको नियमित बैठकमा विशेष निर्णय नहुने जनाइए पनि मन्त्रालयले पठाएका नियमित प्रस्तावसहित केही नियुक्ति पनि हुन सक्ने स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्रीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए । भेटमा आज बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने केही महत्वपूर्ण नियुक्तिबारे छलफल भएको बताइएको छ । त्यसो त गत मंगलबार बसेको नेकपा सचिवालय बैठकले संवैधानिक निकायमा पदाधिकारी चाँडो नियुक्ती गर्न सरकारलाई आग्रह गरेको थियो।




