काठमाडौँ । विगत २४ घण्टामा १२४६ मा कोरोना पुष्टि भएको छ । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ६४१ जनामा पिसिआर परीक्षण गरिएकोमा १२४६ मा कोरोना पुष्टि भएको जानकारी दिए । हालसम्म आठ लाख ८२ हजार ९१५ जनामा कोरोना परीक्षण गरिएको छ ।
विगत २४ घण्टामा कोरोनाबाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या जम्मा १२४३ रहेको छ । गौतमका अनुसार हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४२ हजार ९४९ छ । हाल देशभर १६ हजार २४१ सक्रिय सङ्क्रमित छन् । क्वारेटिनमा रहने व्यक्तिको सङ्ख्या सात हजार ८८३ रहेका छ । प्रवक्ता गौतमले कोरोनामुक्त हुने दर ७२ प्रतिशत रहेको जानकारी दिए ।
गौतमका अनुसार पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सिरहा, सुनसरी, मकवानपुर, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् । त्यस्तै शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु रहेका छन् । गत २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३८३ जना पुगेको छ ।




