मुख्य समाचार

थप १ हजार ३५९ जनामा कोरोना संक्रमण, १३५४ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

उनीहरुमध्ये २७१ जनाको मृत्यु भएको छ भने २५ हजार ५६१ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १३५४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरमा १८ हजार ४०४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९४२ जना संस्थागत र बाँकी होम आइसोलेसनमा छन् ।

उपत्यकाका थप ४ सय ५४ जना संक्रमित
काठमाडौं उपत्यकाका थप ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ सय ८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित थपिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा बढी संक्रमित थपिएकामा सुनसरी ३९, झापा २८, मोरङ ७६, धनुषा ४३, सर्लाही ८०, महोत्तरी ४६, रुपन्देही ४४, बाँके ४८, चितवन ८२ रहेका छन् । अहिले देशभरका आइसोलेशनमा १८ हजार ४ सय ४ जना रहेका छन् । तिमध्ये ७ हजार ४ सय ६२ होम आइसोलेसन र १० हजार ९ सय ४२ संस्थागत आइसोलेसनमा रहेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *