मुख्य समाचार

बागलुङ उडेका गृहमन्त्री थापा सवार हेलिकप्टर पोखरामा अवतरण

काठमाडौं । बाढी पहिरो क्षेत्रको अवलोकन तथा राहत वितरण गर्न बागलुङ उडेको गृहमन्त्री रामबहादुर थापा सवार हेलिकप्टर पोखरामै अवतरण भएको छ । खराब मौसमका कारण सेनाको उक्त हेलिकप्टर बागलुङ जान नसकेपछि पोखरामा अवतरण गराइएको हो ।

गृहस्रोतले भन्यो, ‘हेलिकप्टर स्याङ्जासम्म पुगेको भए पनि खराब मौसमका कारण अगाडि बढ्न नसकेपछि पोखरामा अवतरण गरिए छ ।’ बागलुङमा अहिले वर्षासँगै बाक्लो कुहिरो लागिरहेको छ।बागलुङको ढोरपाटन नगरपालिकामा पहिरो जाँदा ११ जनाको मृत्यु भएको भने ३६ जना अझै बेपत्ता छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *