काठमाडौं। २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । नेपालमा कोराना संक्रमणबाट मृत्यू हुनेको संख्या २३९ पुगेको छ ।
नियमित प्रेस ब्रिफिगका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा एक महोत्तरीकी ४ वर्षीया बालिका र १० जना पुरुषको मृत्यु भएको पुष्टि गरेका हुन ।
कोरोना संक्रमणका कारण सिराह, बारा, चितवन,महोत्तरी र मकवानपुरका एक एक जना पुरुषको मृत्यु भएका छ । यसै गरी पर्साका ३ र काठमाडौंका २ जना पुरुषको निधन भएको प्रवक्ता गौतमले जानकारी दिए ।
१२७ जना संक्रमित आइसीयुमा र १७ जना भेन्टिलेटरमा उपचाररत छन ।




