मुख्य समाचार

उपत्यकामा ३०१ सहित देशभर ८८५ संक्रमित थपिए

काठमाडौं। बुधबार ८८५ जना कोरोना संक्रमित थपिएका छन । संक्रमित मध्ये ५ सय ८५ जना पुरुष र २ सय ९९ जना महिला छन । १३ हजार २ सय ५३ जनाको पीसीआर परिक्षण गर्दा ८८५ संक्रमित भेटिएका हुन ।

७५ जिल्लमा सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ४९ छ । जसमध्ये ६ हजार २८ जना होम आइशोलशन र ८ हजार ७ सय ११ जना संस्थागत आइशोलेशनमा छन । ३४ हजार ४ सय १८ कोरोना संक्रमितको संख्या पुगेको छ ।

आज ३ सय ८५ जना डिस्चार्ज भएका छन । हालसम्म कोरोनाको उपचारपछि निको भएर १९ हजार ५ सय ४ जना घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
क्वारेनटाइनमा ९ हजार ८ सय ३२ जना छन । नेपालमा पीसीआर विधिबाट ६ लाख ३५ हजार २ सय ५२ जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ताले जानकारी दिए ।
मुस्ताङ, र हुम्ला जिल्ला कोरोना मुक्त बनेका छन । मोरङ, पर्सा, महोत्तरी, रौतहट,सर्लाही,बारा र काठमाडौं जिल्लमा संक्रमितको संख्या ५ सय नाघेको छ ।
काठमाडौं उपत्यकामा ३०१ संक्रमित थपिएका छन । काठमाडौंमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित थपिएका हुन ।

आइसीयुमा १ सय ५१ जना उपचाररत छन । भेन्टिलेटरमा १४ जना छन । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ७५ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *