मुख्य समाचार

आइतबार ८१८ संक्रमित थपिए, २८१ जना डिस्चार्ज

काठमाडौं। आइतबार ८१८ संक्रमित थपिएका छन । संक्रमित मध्ये ५ सय ९८ जना पुरुष र २ सय २० जना महिला छन । ८ हजार २ सय २६ जनाको पीसीआर परिक्षण गर्दा ८१८ संक्रमित भेटिएका हुन ।

७३ जिल्लमा सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ छ । ३१ हजार ९ सय ३५ कोरोना संक्रमितको संख्या पुगेको छ ।

आज २ सय ८१ को डिस्चार्ज भएका छन । हालसम्म कोरोनाको उपचारपछि निको भएर १८ हजार ३ सय ३१ जना घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
क्वारेनटाइनमा ११ हजार ४ सय १४ जना छन । संस्थागत आइसोलेशनमा ९ हजार २ सय १२ छन भने होम आइसोलेशनमा ३ हजार ९ सय ४३ छ । नेपालमा पीसीआर विधिबाट ६ लाख ४ हजार ७ सय ९९ जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ताले जानकारी दिए ।
मुस्ताग, म्याग्दी र हुम्ला जिल्ला कोरोना मुक्त बनेका छन । मोरग, पर्सा, महोत्तरी, रौतहट,सर्लाही र काठमाडौं जिल्लमा संक्रमितको संख्या ५ सय नाघेको छ ।

आइसीयुमा १ सय ३७ जना उपचाररत छन । भेन्टिलेटरमा १० जना छन । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ४९ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *