मुख्य समाचार

राष्ट्रकवि घिमिरेको पार्थिव शरिरमा सरकारका तर्फबाट पोखरेलले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं। राष्ट्रकवि माधव प्रसाद घिमिरेको पार्थिव शरिरमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जी दिएका छन्। घिमिरेको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिँदै छ।

राष्ट्रकवि घिमिरेलाई श्रद्धाञ्जी दिन उप्रधानमनत्री इश्वर पोखरेल, प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद सापकोटा, प्रयटनमन्त्री योगेश भट्टराई, नेपाली कांग्रेसका सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका नेता शशांक कोइराला, संगितकार सम्भुजित बास्कोटा घिमिरे निवास लैनचौर पुगेका थिए। घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार मृत्यु भएको थियो।
लम्जुङ जिल्लाको पुस्तुन गाउँमा १९७६ असोज ७ गते जन्मिएका राष्ट्रकवी घिमिरेले नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्मको यात्रा गरेका छन्। तीन वर्षकै उमेरमा मातृशोक परेका घिमिरेले ६ वर्षको उमेरमा अक्षर चिनेका थिए। ८-९ वर्षको हुँदा पञ्चाङ्ग सिकेका घिमिरेले लम्जुङमै सस्कृत सिके र काठमाडौं हुँदै बनारससम्म पुगेका थिए।
१४ वर्षकै उमेरमा गोरखापत्रमा साहित्य कृति छापाएर साहित्यमा होमिएका घिमिरेका थुप्रै सृजनाहरु बजारमा छ। नेपाली समाजमा राष्ट्र भावले ओतप्रोत गीत, कथा, कविता लगायतका विधाबाट हरेको मन मुटुमा बस्न सफल छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *