मुख्य समाचार

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेसहित अख्तियारमा कार्यरत तीन दर्जन कर्मचारी र सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ । घिमिरेलाई मंगलबार कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका छन् । केही सातायता अख्तियार केन्द्रीय कार्यालय, टंगालमा काम गर्ने ३० जना भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । केही समययता सरकारी कर्मचारी, सुरक्षा निकाय र सम्वैधानिक अंगका कर्मचारीमा संक्रमण फैलिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *