काठमाडौं। विहिबार ३६० जना कोरोना संक्रमित थपिएसंगै नेपालमा संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । गत २४ घण्टामा २३३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए । सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ जना छन ।
हलासम्म कोरोनालाई जितेर हालसम्म १५ हजार ३ सय ८९ जना डिस्चार्ज भएका छन । नेपालमा कोरोना निको हुनेको दर ७०.७ प्रतिशत रहेको छ । क्वारेन्टाइनमा ९ हजार ४ सय ७० रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६ हजार ६ सय २२ जनको पीसीआर परिक्ष गरिएको जनाइएको छ ।
नेपालमा ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।
खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ र रुकुमा पश्चिम गरी ६ जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला बनेका छन । काठमाडौं,पर्सा,रौतहट, महोत्तरी र कैलालीमा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन ।
कोरोनाका कारण मृतकको संख्या ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कुन प्रदेशमा कति सक्रिय संक्रमित ?
प्रदेश नम्बर १ मा ३८५, प्रदेश नम्बर २ मा २६९२, बागमतीमा ८३५, गण्डकीमा २८०, प्रदेश नम्बर ३७७, कर्णाली प्रदेशमा २६३ र सुदुरपश्चिम प्रदेशमा १४९० सक्रिय संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




