काठमाडौं। सोमबार ४१८ जना कोरोना संक्रमित थपिएसंगै नेपालमा संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । गत २४ घण्टामा ३५८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए । सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ३२ जना छन ।
हलासम्म कोरोनालाई जितेर हालसम्म १४ हजार ९ सय ६१ जना डिस्चार्ज भएका छन । नेपालमा कोरोना निको हुनेको दर ७२ प्रतिशत रहेको छ । क्वारेन्टाइनमा १० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ७ हजार १ सय ३७ जनको पीसीआर परिक्ष गरिएको जनाइएको छ ।
हालसम्म ३ लाख ९८ हजारकाेको पीसीआर विधिबाट परिक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।
भोजपुर,संखुवासभा, मनाङ, मुस्ताङ गरी ४ जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला बनेका छन । रौतहट, महोत्तरी र कैलालीमा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन ।
कोरोनाका कारण मृतकको संख्या ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कुन प्रदेशमा कति सक्रिय संक्रमित ?
प्रदेश नम्बर १ मा २९०, प्रदेश नम्बर २ मा २३५७, बागमतीमा ६५१, गण्डकीमा २७२, प्रदेश नम्बर ३१५, कर्णाली प्रदेशमा २९८ र सुदुरपश्चिम प्रदेशमा १५४९ सक्रिय संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा ५१ जना संक्रमित थपिएका छन ।




