मुख्य समाचार

सिंहदरवारभित्रका कर्मचारीको कोरोना परीक्षण सुरु

काठमाडौं । सिंहदरवार कार्यरत कर्मचारीको कोरोना परीक्षण गरिने भएको छ । सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीहरुको हिजो मंगलबार परीक्षणका लागि स्वाब संकलन गर्न थालिएको हो ।

सिंहदरवारभित्रका कर्मचारीको अवस्था के कस्तो रहेको छ रु भन्ने अध्ययनका लागि विभिन्न मन्त्रालयका बढी जनसम्पर्कमा रहने कर्मचारीको नामावली संकलन गरी स्वाव लिन थालिएको हो । संकलित नामावलीहरुमध्येबाट केहीको स्याम्पलिङका रूपमा परीक्षण गरिने बताएको छ । सिंहदरवारभित्र सेन्ट्रल क्यान्टिन र प्रहरी वृत्त अगाडीको खाली ठाउँमा स्वाब सङ्कलन गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *