सुर्खेत । कालीकोटको नरहरिनाथ गाउँपालिकाको दुई स्थानमा पहिरोले पुरिएर एकै परिवारका ७ सहित ९ जनाको मृत्यु भएको छ । नरहरिनाथ–७ मा पहिरोले एकै परिवारका ७ जनाको ज्यान लिएको हो ।
ज्यान गुमाउनेमा ६२ वर्षका गंगे बुढा, ६१ वर्षकी नैना बुढा, २४ वर्षका कुशा बुढा, १० वर्षकी चन्द्रिका बुढा, ७ वर्षका राम बुढा र डेढ वर्षका चरित्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । ६ जनाको पहिरोले पुरिएकै स्थानमा मृत्यु भएको थियो भने १८ वर्षकी बिमला बुढाको उपचारको क्रममा निधन भएको हो ।
यस्तै नरहरिनाथ नगरपालिका–४ पहिरोले घर पुरिँदा ६२ वर्षका बाले बुढा र उनकी श्रीमती मन बुढाको ज्यान गएको प्रहरीले जनाएको छ ।




