मुख्य समाचार

१६ जिल्लामा उच्च सर्तकता अपनाउन गृह मन्त्रालयको आग्रह

काठमाडौं । मुलुकका १६ जिल्लामा बाढी पहिरोको संभावना रहेको भन्दै गृहमन्त्रालयले हाइ अलर्ट रहन निर्दैश गरेको छ । जिल्ला प्रशासन कार्यालयहरुलाई निर्दैशन दिदै ३ घण्टामा देशका पश्चिमी पहाडी तथा तराईका जिल्लाहरुमा मध्ययम बर्षा भएको र आकस्मिक बाढीको सम्भावना रहेकाले ती जिल्लाहरुमा हाइ अलर्ट रहन आग्रह गरेको हो ।

सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहूँ, लमजुङ, स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रूपन्देही, कपिलबस्तु र आसपासका क्षेत्रमा मध्ययम बर्षा मापनमा ठूला तथा साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको भन्दै सर्तकता अपनाउन र सुरक्षाकर्मीहरु तयारी अवस्थामा राख्न निर्दैशन दिएको हो । कन्काई, बागमती, तिनाउ, पश्चिम राप्ती र बबईका केहि सहायक नदीमा पनि आकस्मिक बहाव हुन सक्ने मौसम विभागको सूचनाको आधारमा गृहमन्त्रालयले सबैलाई सचेत गराएको हो ।

वर्षा शुरु भएपछि यी सबै राजमार्गमा गरी १०० भन्दा बढी सडक बाढीपहिरोका कारण अवरुद्ध भएकामा अहिलेसम्म कतिपय स्थानमा खुल्न सकेको छैन । देशव्यापीरूपमा तीन दिनदेखि लगातार वर्षाले विभिन्न राजमार्गमा कटान र पहिरोको कारणबाट यातायात अवरुद्ध हुनपुगेको बेलाका मन्त्रालयले थप सचेत गराएको हो । पहिरो पन्छाएर थुप्रै सडकखण्ड सञ्चालनमा ल्याइए पनि कतिपय स्थानमा तत्काल शुरु गर्न सकिने अवस्था छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *