काठमाडाैं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत काेराेनाकाे त्राशलाई परवाह नगरी जनताकाे सेवामा तल्लिन छन।बस्नेतले यतिवेला व्यक्तिगत तवरबाट सिन्धुपाल्चाेकवासीलाई सहयाेग गरिरहेका छन । उनले सिन्धुपाल्चोकका अधिकाशं स्थानमा स्वास्थ्य सामाग्री सहयाेग गरेका छन । पूर्वमन्त्री बस्नेतले स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकिका स्वास्थ्यकर्मिहरुको लागि पीपीइ सहित आवश्य स्वास्थ्य सामाग्री सहयोग गरेका हुन । बस्नेतले हालै सिन्धुपाल्चोक बाह्रबिसे १ काे घोर्थलि प्राथमिक स्वास्थ्य चौकी, त्रीपुराशुन्दरी गाउपालिकाकाे स्वास्थ्य चौकी र बाह्रबिसे नगरपालिकाको बुदेपा स्वास्थ्य चौकिमा पीपीइसहितका मेडिकल समाग्री नेता बस्नेतले सहयाेग गरेका छन। दाेलंङ्छा,घाेर्थली,कर्थली,बुँदेपा लगायतका ठाउँमा पुगरे नेता बस्नेतले स्वास्थ्य सामाग्री वितरण गरेका थिए । खेतबारीमा काममा व्यस्त किशानहरूका खेतबारीमा पुगरे नेता बस्नेतले स्वास्थ्य सामाग्री वितरण गरेका वितरण गरेका थिए ।
संकल्प खवरसंग कुरा गर्दै पूर्वमन्त्री बस्नेतले भने सिन्धुपाल्चोकका अधिकाश स्वास्थ्य सस्था तथा अस्पतालमा माक्स,सेनिटाइजर,एप्रोन,गाउन,डिस्पोजल क्याप,पारा सिटामलजस्ता सामानको अभाव देखिएपछि स्वास्थ्य क्षेत्रको संवेदनशिलतालाई ध्यानमा राख्दै सहयोग गर्दै आएको हुँ । अहिले नेपालमा कोभिड १९ कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । तर सरकार र नेकपामा नेताहरु जिम्मेवार छैनन् हामीले गरेको सहयोग समेत रोक्न खोजिरहेका छन । कोरोना भाइरस फैलियो भने अस्पताल तथा स्वास्थ्य सस्थामा माक्स र सेनिटाइजर सम्म पनि पुर्याउन सक्ने अबस्था सरकार छैन । त्यसैले हामिले सहयोग गरिरहेका छौ। यसमा नेकपाका नेताहरुले टाउको दुखाउने बेला होइन सकेको सहयोग गर्ने समय रहेको नेता बस्नेतले बताए। त्यस्तै स्वास्थ्य समाग्री सहयोग पाएका स्वास्थ्यकर्मिहरुले आफूहरुको सुरक्षाको लागि गरिएको सहयोगले बिरामीको उपचारमा खटिन हौसला पुग्ने स्वास्थ्यकर्मिहरुको भनाइ छ।

पूर्वमन्त्री बस्नेतले स्वास्थ्य सामाग्री तथा राहात वितरणको कार्य जारी रहने र यसको दायरा अझै बढाउदै लाने बताए । बस्नेतले भने थप सामाग्री संकलन भइरहेको छ, चीन,हंंकङ्ग, अमेरीका लगायतका ठाउँबाट राहतको सामाग्री आउदैछ,लकडाउनका कारण मात्र सामाग्री रोकिएको हो । त्यो सामाग्री आएपछि अझ व्यापक ढंगबाट राहत वितरण गर्ने जानकारी दिए ।
विश्वव्यापी रुपमा कोरोना भाइरसले महामारीको रुप लिइरहेका बेला जनतालाई कोरोनाको महामारीबाट बचाउन लागि परेको पूर्वमन्त्री बस्नेतले बताए । काठमाडौंको सुविधासम्पन्न हस्पिटमा नपाईने पीपीई,माक्स लगायतका स्वास्थ्य सामाग्री आफूले सिन्धुपाल्चोकका स्वास्थ्य संस्थामा हस्तान्तरण गरेको नेता बस्नेतले बताए । सरकारले स्वास्थ्य सामाग्री उपलब्ध नगराएपछि आफूले काठमाडौंका विभिन्न सप्लायर्सहरुसंग बाँकीमा स्वास्थ्य सामाग्री खरिद गरेर स्वास्थ्य संस्थामा हस्तान्तरण गरेको बताए ।
पूर्वमन्त्री बस्नेतले जिल्ला अस्पताल चौतारा,नवलपुर अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा पीपीई सेट,माक्सलगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएका थिए । उनले नेपाल चीनको सीमा क्षेत्र पर्ने हेल्थ डेक्समा र प्राथमिक स्वास्थ्य केन्द्रमा पीपीइ,माक्सलगायतका स्वस्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । यसै गरी नेपाल चीन सीमा सुरक्षमा खटिएका सुरक्षकर्मीलाई समेत बस्नेतले पीपीई लगायतका स्वास्थ्य सामाग्री वितरण गरेका थिए ।
पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकका अधिकांश स्वास्थ्य सस्थामा पीपीई,माक्सलगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । यसै गरी नेता बस्नेतले सडक मजदुर, वृद्धवृद्धाहरुलाई खाद्यन्न समेत वितरणगरेका थिए ।




