ताजा समाचार

विभागले लगायो दुई भारतीय कम्पनीका औसधि विक्रि वितरणमा रोक, औसधिका कारण तीन महिलाको मिर्गौला फेल

काठमाडौं। गुणस्तरमा शंका भएको भन्दै औषधि व्यवस्था विभागले दुई वटा औषधिको बिक्री वितरणमा रोक लगाएको छ । विभागमा दर्ता भएका ब्याच नम्बर ११८७३६० रहेको मेट्रिस(मेट्रोनिडाजोल) र ब्याच नम्बर १एच ८२९३६ रहेको कम्पाउन्ड सोडियम ल्याकटेट इन्जेक्सन विक्रि वितरण नगर्न सूचना जारी गरेको छ । बिक्रीमा रोक लगाइएका दुवै औषधि भारतीय कम्पनीका हुन् ।

ति भारतीय कम्पनीका औसधिहरुको गुणस्तरमा शंका लागि अनुसन्धान, जाँचबुझ तथा परिक्षण भैरहेकाले अर्को सूचना प्रकाशन नभएसम्म विक्रिवितरण तथा प्रयोग नगर्न विभगले जानकारी गराएको छ ।

भारतीय कम्पनीका ती दुई औषधिका कारण तीन जना शल्यक्रिया गरिएका महिलाको मिर्गौला फेल भएको छ । जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा शल्यक्रिया गर्दाप्रयोग गरिएका औषधिका कारण संक्रमण भएको पुष्टि भएपछि औषधि व्यवस्था विभागले हालका लागि गुणस्तरमा शंका लागेका औषधिको बिक्रीवितरणमा रोक लगाएको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *