काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को औपचारिक आरम्भ भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको दशरथ रंगशालामा आयोजित विशेष समारोहमा भ्रमण वर्षको सुरुवात गरेकी हुन् ।
सांस्कृतिक तथा प्राकृतिक हिसाबले विविकधीकरण भएकाले राष्ट्रपति भण्डारीले प्रकृतिलाई बिगारेर नभई सिंगारेर पर्यटकलाई आकर्षित गर्न सबैलाई आग्पह गरेकी छन । भ्रमण वर्षको उदघाटन गदै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको रूपमा अंगिकार गर्न आग्रह गरेकी छन्। भ्रमण वर्ष राष्ट्रिय अभियानको रूपमा सञ्चालन गरिएको बताउदै उनले सबैलाई साथ र सहयोग गर्न समेत आग्रह गरेकी छन् । उनले भ्रमण वर्षलाई महाअभियानको रुपमा मनाउनुपर्ने बताउदै भ्रमण वर्ष सफल पार्नका लागि सबै नेपाली एकजुट हुन आग्रह गरिन् । पर्यटन वर्षको अभियानले विश्वमा मानवता भातृत्व तथा शान्तिप्रतिको प्रतिबद्धता उजागर गर्ने उद्देश्य राखेको समेत उनले बताइन्।
सबैखालका पर्यटकलाई आकर्षित गर्न सकिने उनको भनाइ थियो। संसारकै उत्कृष्ट गन्तव्यस्थल सगरमाथा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवन, अन्नपूर्ण लगायतका क्षेत्रमा भ्रमण गर्न उनले आग्रह गरेकी छन् । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अबको १० वर्षलाई पर्यटन दशकको अभियानको रूपमा अगाडि बढाउने आधार वर्षको रूपमा वर्ष २०२० लाई लिइएको छ।




