ताजा समाचार

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२० सुरू

काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२० शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।

इसाइ धर्मका प्रवर्त्तक जिजस क्राइस्ट ०प्रभु यशु० को सम्झनामा उनको मृत्युपछि अनुयायीले यो संवत् प्रचलनमा ल्याएका हुन् ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०१९को विदाई र नयाँ वर्ष सन् २०१९ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।
विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना सन्देश जारी गर्दै सन् २०२० मा समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *