देश

मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनल राजीनामा दिएका छन्। प्रदेश सभामा विश्वासको मत नपाउने निश्चित भएपछि उनले शनिबार राजीनामा दिएका हुन् ।

यसअघि शनिबार विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका दुई सांसदले विपक्षमा मतदान गर्ने घोषणा गरेपछि सोनल सरकार स्पष्ट अल्पमतमा परेको थियो ।

मतदानमा पराजय निश्चित देखेपछि मुख्यमन्त्री सोनललगायत सत्तापक्षका सांसदहरू बैठकबाट बाहिरिएका थिए । प्रदेश सभा बैठकबाट बाहिरिएलगत्तै मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *