काठमाडौं। नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदका लागि सांसद ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले न्यौपानेको नाममा सहमति जनाएको हो।
न्यौपानेले पार्टी पदाधिकारी बैठकले उम्मेदवार बनाउने निर्णय गरेकाले केही समयपछि उम्मेदवारी दर्ता तयारी रहेको बताइन् ।
यसअघि समितिको सभापतिमा सांसद दिलेन्द्रप्रसाद बडूको नाम चर्चामा रहे पनि अन्तिम समयमा आएर संसदीय सुनुवाइ समितिको सभापति रहेकी न्यौपानेलाई त्यहाँबाट राजीनामा दिलाई राज्य व्यवस्था समितिको सभापति बनाउने निर्णय पार्टी नेतृत्वले गरेको हो।




