राजनीति

छ जेठमा प्रधानमन्त्रीसँग संसदमा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आयोजना हुने

काठमाडौं । आगामी ६ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आयोजना हुने भएको छ। यसबारे जानकारी सभामुख देवराज घिमिरेले मंगलबार संसद्मा गराएका हुन्।

प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था संसद् नियमावलीमा उल्लेख छ। सोही अनुसार, ६ जेठमा सांसदहरूले प्रधानमन्त्रीसँग समसामयिक मुद्दा, सरकारका निर्णय र आगामी योजनाहरू सम्बन्धमा प्रत्यक्ष प्रश्न गर्न पाउनेछन्। प्रधानमन्त्रीसँग हुने यस किसिमको प्रत्यक्ष संवादले सरकारका निर्णयमाथि स्पष्टता र जवाफदेहिता सुनिश्चित गर्ने विश्वास लिइएको छ।

सांसदहरूबीच विभिन्न क्षेत्रका चुनौती र समस्या सम्बन्धमा प्रधानमन्त्रीसँग प्रत्यक्ष छलफलको अवसर हुने भएकाले यसपटकको प्रश्नोत्तर कार्यक्रमलाई विशेष चासोका साथ हेरिएको छ। राजनीतिक स्थायित्व, विकासका योजना, आर्थिक स्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता विषयमा गहन प्रश्न उठ्ने अनुमान गरिएको छ।

प्रतिनिधिसभामा हुने यो प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमले सरकार र संसद्को सम्वादात्मक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *