राजनीति

वैकल्पिक शक्ति खोज्दै नेसपा : राजनीतिक संवाद समिति गठन

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले विचार मिल्ने वैकल्पिक राजनीतिक शक्तिसँग सहकार्यका लागि नयाँ राजनीतिक संवाद समिति गठन गरेको छ। पार्टीका उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा बनेको समितिमा उपाध्यक्ष मानुषी यमी भट्टराई, महासचिव सोनाम सिङ स्याङ्तान र जीएस गुरुङ सदस्य छन्।

मंगलबार बसेको पदाधिकारी बैठकले वैकल्पिक, अग्रगामी र नयाँ राजनीतिक धारहरूसँग सहकार्यलाई प्राथमिकता दिने निर्णय गर्दै समिति बनाएको हो। बैठकमा आगामी जेठ ३० गते काठमाडौंमा पार्टीको स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाउने निर्णय पनि गरिएको छ। देशभर वृक्षारोपण, सरसफाइ, श्रमदान, रक्तदान र स्वास्थ्य शिविरजस्ता रचनात्मक कार्यक्रमहरू आयोजना गरिने प्रवक्ता कृष्ण शर्माले जानकारी दिए।

बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले भारत भ्रमणको क्रममा गरेका राजनीतिक भेटघाट र संवादलाई नेपाल–भारत सम्बन्ध र लोकतन्त्र सुदृढीकरणका लागि सकारात्मक भन्दै स्वागत गरिएको छ। उनले मुलुकले अब वैकल्पिक राजनीतिको स्पष्ट दिशा लिनुपर्नेमा जोड दिँदै पदाधिकारीहरूलाई जनतासँग नयाँ विचार लिएर पुग्न आह्वान गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *