
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीआरसीको विषय टुङ्गोमा पुर्याउन सदनमा पु¥याउन सबैको सहमति र सहकार्य आवश्यक रहेको बताएका छन् । बुधवार नेपाल वार एसोसिएसनमा आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ विषयक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले विषय टीआरसी टुङ्गोमा पुर्याउनका लागि सबै एकताबद्ध भएर अघि बढन् आवश्यक रहेको उल्लेख गरे । राजनीतिक वृतमा कुरा नमिल्दा ओली सरकारले टिआरसी विद्येयक टुङ्गोमा पु¥याउन नसकेको समेत बताए । ओली सरकारले विद्येयक संसदबाट पारित गरेको तर कार्यान्वयनमा नल्याएको भन्दै प्रचण्डले सो विषय समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । राजनैतिक दबाब र प्रभाव विना सो विद्येक कायाृन्वयमा आउन नसक्ने प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग टीआरसीलाई अघि बढाउने छलफलका लागि चाँडै भेट्ने बताएका छन् ।