मुख्य समाचार

एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरू, केन्द्रीय सदस्यले ३-३ मिनेट धारणा राख्ने

काठमाडौँ । सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी रहेको छ ।

हिजो देखी सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल भइरहेको छ । केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन् ।

जसअनुसार बैठकमा पेश गरिएको अध्यक्ष राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका विषयमा पनि उल्लेख गरिएको छ ।

साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नेछन् । उनीहरूका लागि ३ ३ मिनेटको समय छुटाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *